National life

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु (भिडियोसहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
1.2kShares
‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु (भिडियोसहित)
ncell

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।

सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको हो ।

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु #BYDUpdateToCarePlus #BYDNepal #AutoServiceCampaign #CustomerCare #EVService #MobilityCare #aarthikvocie | Aarthikvoice

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु #BYDUpdateToCarePlus #BYDNepal #AutoServiceCampaign #CustomerCare #EVService #MobilityCare #aarthikvocie | Aarthikvoice

काठमाडौंको गुहेश्वरीस्थित बीवाईडी सर्भिस सेन्टर अर्थात साइमेक्स केयरमा आइतबार आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जनाएको छ ।

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियानले प्रोफेसनल मेन्टिनेन्स तथा सर्भिस, इन्टेलिजेन्ट कनेक्टेड कार सर्भिस र भरपर्दो स्वामित्व सुरक्षा लगायतका सेवालाई एउटैमा समेटिएको पनि कम्पनीले जनाएको छ ।

अभियानमा एनसेल, हिमालयन एभरेस्ट इन्स्योरेन्स तथा शिखर इन्स्योरेन्ससँग सहकार्य गरेका छन् ।

सेप्टेम्बर २०२४ भन्दा अघि डेलिभरी भएका र यसअघि बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभिसेन लगायतका फिचर उपलब्ध नभएका योग्य सवारीसाधनमा बीवाईडी एप कनेक्टिभिटी तथा इन्फोटेनमेन्ट एक्टिभेसन निःशुल्क उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ ।

‘केयर प्लस’ले बीवाईडीको आधिकारिक सर्भिस सिस्टममार्फत ग्राहकलाई बिक्रीपछिको उच्च स्तरीय सेवा उपलब्ध गराउनेछ। यसअन्तर्गत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पाट्र्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा सर्टिफाइड बीवाईडी टेक्निसियनबाट सर्भिस उपलब्ध हुनेछ ।

त्यस्तै, ‘प्रोटेक्ट प्लस’ अन्तर्गत ग्राहकलाई बीमा सम्बन्धी परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ । 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?