National life

सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
1.3kShares
सी.जी. मोटर्सद्वारा चितवनको भरतपुरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
ncell

काठमाडौं । नेपालका लागि रिडारा, डायुन, एक्सपेङ र आयोन इलेक्ट्रिक सवारी साधनको एक मात्र आधिकारिक विक्रेता सी.जी. मोटर्सले चितवन, भरतपुर बालमन्दिरमा मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ । चितवन अटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र रेग्मीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रममा आउनेहरुले एउटै छानामुनी चार वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नुहुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाट उपत्यका वाहिर पनि नविन विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सी.जी. मोटर्स को प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दिगोे र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरन्जीवी सुवेदीले सी.जी. मोटर्स प्रा.लि.ले उपत्यका वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याउनु भएकोमा सी.जी. मोटर्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक सेवा प्रदान गर्नेछ । सी.जी.मोटर्सले गुणस्तरीय सेवा र दिर्घकालीन ग्राहक सम्बन्ध निर्माणलाई निरन्तर प्राथमिकता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी चितवन ओटोमोवाईल डिलर एशोसियनका अध्यक्ष इन्द्र कार्कीद्धारा सी.जी. मोर्टसलाई विशेष धन्यवाद साथ आगामी दिनहरुमा समेत सी.जी. मोटर्स ले अन्य क्षेत्रहरुमा पनि आफ्नो सेवालाई विस्तार गर्नु हुनेमा विस्वास राख्नु भएको छ ।

साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले कार्यक्रममा वोल्नु हुँदै सी.जी. मोटर्सले भरतपुरमा सोरुम स्थापना गर्नु भएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नबिल वैंक कस्टर हेड टोप प्रसाद अगस्तीले विद्युती सवारी साधनको वढ्दो मागलाई ध्यानमा राख्दै यी सवारी साधन खरिदमा नविल बैंकले ग्राहकहरुलाई वैंकिङ कर्जामा समेत सुलभ र सहज सेवा प्रदान गर्नेमा ढुक्क रहनको लागि विश्वास दिलाउनु भएको छ ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सी.जी. मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चितता प्रदान गदै आईरहेको छ । चार्जिङ पुर्वाधारले सी.जी. मोटर्सलाई नेपालको सबैभन्दा विश्वसनिय र भरपर्दो ई.भी. प्रदायक कम्पनीको रुपमा स्थापित गरिएको सी.जी. मोटर्सका सहायक महाप्रबन्धक कञ्चन सिलवालले वताउनुभयो ।

करिब १५० ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गरिएको थियो । सी.जी.मोटर्सले उपत्यकता वाहिर पनि आफ्नो शाखा विस्तार जारी राख्ने छ । यस अघि गण्डकी प्रदेशको राजधानी पोखरामा सी.जी. मोटर्सको मल्टिब्राण्ड आउटलेट सञ्चालनमा आइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?