National life

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
1.7kShares
नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
ncell

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ।

डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्।

हिमालय अर्गनाइजेशनअन्तर्गत रहेका कम्पनीहरूले विगतदेखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुपअन्तर्गत रहेको MAXUS कम्पनीका सवारीसाधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ।

उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९/१२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ ।

यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले सोही अटो एक्सपोमा नै जानकारी गराउने भनेको छ तर कम्पनीले अहिले नै घोषणा के गरेको छ भने त्यहाँ सार्वजनिक गर्न लागिएका उक्त बसहरु हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा ग्राहकहरू समक्ष सार्वजनिक गरिने जानकारी दिएको छ।जसका कारण सबैमा कौतुहलता बढेको छ भने एक्सोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ।बिग्रिपछिको सेवा तथा स्पेयरपार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभरि विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरूमार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?