National life

बजेटको कर प्रभाव : ईभीको मूल्य वृद्धि, कुन ब्राण्डको कति बढ्यो ?

विद्युतीय गाडी महँगिए: बीएमडब्लूदेखि बीवाईडीसम्मको मूल्य वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०९ असार २०८३, मङ्गलबार
2.1kShares
बजेटको कर प्रभाव : ईभीको मूल्य वृद्धि, कुन ब्राण्डको कति बढ्यो ?
ncell

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) मा कर संरचना परिवर्तन गरेपछि बजारमा गाडीको मूल्य उल्लेख्य रूपमा बढ्न थालेको छ। नयाँ कर नीतिको प्रभाव विभिन्न ब्रान्डका ईभीमा देखिन थालेको व्यवसायीहरूले बताएका छन्।

कर प्रणाली परिवर्तनपछि विशेषगरी उच्च मूल्यका प्रिमियम ईभी सेग्मेन्टमा ठूलो मूल्यवृद्धि भएको छ। बीवाईडी, हुण्डाई, टाटा, ओमोडा–जेको, दिपल, एमजी, जिली लगायत ब्रान्डका मोडलहरूको मूल्य समायोजन गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीएमडब्लूका विद्युतीय एसयूभीमध्ये आईएक्स वानको मूल्य सबैभन्दा धेरै बढेको छ। यसअघि १ करोड ९९ लाख ९६ हजार रुपैयाँमा बिक्री हुँदै आएको उक्त मोडल अब ३ करोड २९ लाख ९६ हजार रुपैयाँ पुगेको छ, जसमा करिब १ करोड ३० लाख रुपैयाँको वृद्धि भएको छ।

दिपल ब्रान्डका मोडलहरूमा पनि मूल्य समायोजन गरिएको छ। दिपल एस०५ प्लसको मूल्य ४ लाख रुपैयाँले बढेर ६३ लाख रुपैयाँ र एस०५ म्याक्स ३ लाखले बढेर ५८ लाख रुपैयाँ पुगेको छ।

बीवाईडीका एटो ३ मा २ लाख र एटो २ मा ३ लाख रुपैयाँले मूल्य वृद्धि भएको छ। जेक्को जे ६ मा १ लाख, आईकार भि२३ मा ३ लाख तथा जिली ईएक्स फाइभमा २ देखि ३ लाख रुपैयाँसम्म मूल्य बढाइएको छ।

एमजी र हुण्डाई ब्रान्डका केही मोडलमा पनि १ देखि ४ लाख रुपैयाँसम्म मूल्य समायोजन गरिएको व्यवसायीहरूले जनाएका छन्। टाटा मोटर्सका इन्ट्री–लेभल मोडलहरूमा भने तत्काल ठूलो असर नदेखिएको तर नयाँ मोडलको मूल्य अझै सार्वजनिक हुन बाँकी रहेको छ।

व्यवसायीका अनुसार मूल्य वृद्धिका कारण केही समय शोरुममा ग्राहकको चहलपहल घटेको छ। तर चाडपर्व नजिकिँदै जाँदा बजार फेरि चलायमान हुने अपेक्षा गरिएको छ। साना सेग्मेन्टका गाडीको मूल्य स्थिर रहेकाले समग्र बजारमा ठूलो गिरावट नआउने अनुमान पनि गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?