National life

होण्डाले ल्यायो चाडपर्व लक्षित ‘FESTIVE OFFER HONDA को सफर’

यस अन्तर्गत नयाँ कार किन्दा १० लाख रुपैयाँसम्मको आकर्षक छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ असोज २०८३, शुक्रबार
341Shares
होण्डाले ल्यायो चाडपर्व लक्षित ‘FESTIVE OFFER HONDA को सफर’
ncell

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि 'FESTIVE OFFER HONDA को सफर' नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ। ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो, जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।

Royal Enfield
nic asia capital

साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइएको छ। गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ। नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एन आईसी एसिया बैंक सँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ।

कम्पनीका अनुसार यो 'FESTIVE OFFER HONDA को सफर' योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ (शुक्रबार) देखि सुरु भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होण्डा कार शोरुमहरुमा लागू हुनेछ। कम्पनीका अनुसार यस योजना अन्तर्गत होण्डा कार खरिद गर्दा नियम तथा सर्तहरु लागू हुनेछन्।

"Drive a Brighter Tomorrow" भन्ने नाराका साथ ल्याइएको यस अफरमार्फत होण्डाका उत्कृष्ट कारहरु (Honda CR-V, Elevate, City, City e:HEV) सानदार छुट र सुविधाहरु सहित घर भित्र्याई आफ्नो र आफ्नो परिवारको खुसी दोब्बर बनाउन कम्पनीले सम्पूर्ण ग्राहकवर्गमा आह्वान गरेको छ ।यस योजनासँग सम्बन्धित थप जानकारीका लागि ग्राहकले आफ्नो नजिकैको होण्डा कार शो रुममा सम्पर्क गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
341SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?