National life

‘Dragon Armor Battery’ सँगै GWM ले सुरक्षा स्तरलाई नयाँ उचाइमा पुर्‍यायो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०४ साउन २०८३, सोमबार
1.4kShares
‘Dragon Armor Battery’ सँगै GWM ले सुरक्षा स्तरलाई नयाँ उचाइमा पुर्‍यायो
ncell

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यही कारण GWM ले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ।

नेपालमा हालै सार्वजनिक भएको GWM ORA 5 EV SUV मा प्रयोग गरिएको Dragon Armor Battery पनि GWM अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी SVOLT ले विकास तथा उत्पादन गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ।

"Dragon Armor" नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा मिलाएर राखिएका छन्। यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गर्छ, जसले कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने कार्य गर्छ। यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवच (Armor) को रूपमा काम गर्छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?