National life

नयाँ फिचर्ससहित आयो मारुती ब्रेजा, नेपाली बजारमा कति मूल्य पर्ला ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
2.6kShares
नयाँ फिचर्ससहित आयो मारुती ब्रेजा, नेपाली बजारमा कति मूल्य पर्ला ?
ncell

काठमाडौं । मारुती सुजुकीले २०२६ संस्करणको ब्रेजालाई नयाँ फिचर्स, शक्तिशाली इन्जिन विकल्प र परिमार्जित भेरियन्टसहित सार्वजनिक गर्दै यसको आधिकारिक मूल्य घोषणा गरेको छ। कम्पनीले भारतमा सबै भेरियन्टको मूल्य सूची सार्वजनिक गरेको हो।

कम्पनीले ग्राहकको आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यसलाई १.० लिटर टर्बो पेट्रोल, १.५ लिटर पेट्रोल र एस–सीएनजी गरी तीन फरक पावरट्रेन विकल्पमा बजारमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतीय बजारमा नयाँ ब्रेजाको सुरुवाती एक्स–शोरूम मूल्य भारु ७.४० लाख तोकिएको छ भने शीर्ष भेरियन्टको मूल्य भारु १३.७१ लाख पुगेको छ।

नयाँ ब्रेजामा ११० पीएस क्षमताको टर्बो–पेट्रोल इन्जिन, ६ वटा एयरब्याग, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हेड–अप डिस्प्ले तथा सामान राख्न सहज हुने अन्डरबडी सीएनजी ट्याङ्क जस्ता आधुनिक फिचर्स समावेश गरिएको कम्पनीले जनाएको छ।

भेरियन्टअनुसार १.० लिटर टर्बो पेट्रोलको मूल्य भारु ७.४० लाखदेखि ११.३१ लाख, १.५ लिटर पेट्रोलको भारु ८.३० लाखदेखि १३.७१ लाख र एस–सीएनजी भेरियन्टको भारु ९.३० लाखदेखि ११.६६ लाख निर्धारण गरिएको छ।

नेपालमा आधिकारिक मूल्य घोषणा भइसकेको छैन। तर भारतको मूल्यमा भन्सार, अन्तःशुल्क तथा अन्य करहरू जोड्दा २०२६ मारुती सुजुकी ब्रेजाको सुरुवाती मूल्य नेपालमा करिब ४५ लाखदेखि ४८ लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?