National life

नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो शिशा हटाउने सम्बन्धमा छलफल

अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भईरहेको देखिएको

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१५ असार २०८३, सोमबार
1KShares
नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो शिशा हटाउने सम्बन्धमा छलफल
ncell

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेट गरी सवारी साधनहरुमा प्रयोग भइरहेको कालो शिशा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ।

सो छलफलको क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भईरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरुमा कालो सिसा हटाउन लागेको जानकारी दिनु भयो।

त्यसैगरी उहाँले सवारी साधन प्रयोगकर्ताहरुले न्यूनतम रुपमा सवारी साधनको अगाडीको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेकोले सवारी साधन पैठारीकर्ताहरुले आ–आफ्नो सवारी साधन खरिदकर्तालाई यसबारे जानकारी दिन आग्रह समेत गर्नु भयो।

साथै उहाँले कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनु पर्ने जानकारी दिनु हुंदै सवारी साधन पैठारीकर्ताहरुले पनि आफ्नो मेनुफेक्चरि· कम्पनीबाट कालो सिसा भएका सवारी साधनहरु आयात गर्न नहुने बताउनु भयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो छलफलमा नाडाका अध्यक्ष उपे्रतीज्यूलेसवारी साधनहरुमा कालो स्टिकर (फिल्म) प्रयोग भईरहेकोले त्यसलाई हटाउन प्राविधिक रुपमा खाशै समस्या नरहेकोले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिनु भयो।

त्यसैगरी सो छलफलमा उपस्थित हुनुभएका नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोवाइल मेनुफेक्चरि· कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरुको हकमा त्यस्ता सवारी साधनहरुको संख्या खाशै धेरै नभएकोले त्यसको संख्या समेत यकिनगरी हटाउन सकिने बताउनु भयो।

यस सम्बन्धमा तत्काल छलफलका लागि काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो। सो छलफलमा नाडाकोतर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?