National life

स्काइवेलका दुई विद्युतीय कारमा अन्डर इन्भोइस, एलआरआर ग्रुपलाई थप कर र जरिवाना

स्काइवेल ईभीको मूल्यमा भन्सारलाई शंका, एलआरआर ग्रुपमाथि थप करसहित जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
2.3kShares
स्काइवेलका दुई विद्युतीय कारमा अन्डर इन्भोइस, एलआरआर ग्रुपलाई थप कर र जरिवाना
ncell

काठमाडौं । करको कम स्ल्याबमा पर्ने गरी स्काइवेलका विद्युतीय कारको मूल्य कम देखाएर आयात गरिएको आशंका पुष्टि गर्दै रसुवा भन्सार कार्यालयले एलआरआर ग्रुप प्रालिले ल्याएका दुईवटा गाडीको मूल्य पुनर्मूल्यांकन गरेको छ। कार्यालयले प्रतिगाडी ३ हजार ९७१ अमेरिकी डलर अर्थात् ६ लाख ७ हजार ६ सय ६५ रुपैयाँ मूल्य थप गरी त्यसमा शतप्रतिशत जरिवानासहित थप कर निर्धारण गरेको हो।

कम देखाइएको मूल्यमा शतप्रतिशत जरिवानासहित भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क र सडक सम्भार दस्तुरलगायतका कर निर्धारण गरिएको थियो। एलआरआर ग्रुपले भन्सार कार्यालयको मूल्यांकनमा असहमति जनाउँदै निर्धारण भएको रकम धरौटीका रूपमा बुझाएर दुवै गाडी जाँचपास गराएको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाका अनुसार उक्त घटना रसुवामा आएको बाढीभन्दा केहीअघिको हो। आयातकर्ताले घोषणा गरेको मूल्यमा कार्यालय सन्तुष्ट नभएपछि थप विवरण माग गरी अध्ययन गरिएको र त्यसपछि नयाँ मूल्य कायम गरेर कर निर्धारण गरिएको उनले बताए।

उनका अनुसार निर्णयमा चित्त नबुझे आयातकर्ताले प्रशासकीय पुनरावलोकनका लागि माथिल्लो निकायमा निवेदन दिन सक्ने व्यवस्था छ।

एलआरआर ग्रुपले आयात गरेको स्काइवेल बीई इलाभेनमध्ये ६५.७१ किलोवाट आवर ब्याट्री क्षमताको गाडीको मूल्य १९ हजार अमेरिकी डलर र ५१.९१६ किलोवाट आवर क्षमताको गाडीको मूल्य १८ हजार ५० अमेरिकी डलर कायम गरी भन्सारमा घोषणा गरिएको थियो।

भन्सार कार्यालयले भने दुवै गाडीको घोषित मूल्यमा प्रतिगाडी ३ हजार ९७१ अमेरिकी डलर थप गरी मूल्यांकन गरेको हो।

विशेषगरी ५१.९१६ किलोवाट आवर ब्याट्री भएको गाडी १८ हजार ५० अमेरिकी डलरमा आयात गर्दा निश्चित कर स्ल्याबमा पर्ने भएकाले कम मूल्य घोषणा गरिएको हुन सक्ने देखिएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा सीआईएफ मूल्यका आधारमा भन्सार तथा स्वच्छ पूर्वाधार लगानी शुल्क निर्धारण गर्ने व्यवस्था गरेको छ।

नयाँ व्यवस्थाअनुसार विद्युतीय कारमा २० प्रतिशत भन्सार लाग्छ। त्यसपछि सीआईएफ मूल्यअनुसार स्वच्छ पूर्वाधार लगानी शुल्कको दर फरक–फरक छ। २० लाख रुपैयाँभन्दा कम मूल्यका सवारीमा तुलनात्मक रूपमा कम शुल्क लाग्ने व्यवस्था छ भने मूल्य बढ्दै जाँदा यस्तो शुल्क उल्लेख्य रूपमा बढ्ने व्यवस्था गरिएको छ। २० लाख रुपैयाँभन्दा माथिका विद्युतीय सवारीमा सडक सम्भार दस्तुरसमेत लाग्ने व्यवस्था छ।

यसैबीच, रसुवामा आएको विनाशकारी बाढीका कारण भन्सार कार्यालयसहितका पूर्वाधारमा ठूलो क्षति पुगेपछि चीनबाट आउने आयातित सामानको मार्ग परिवर्तन गरिएको छ। हाल रसुवाबाट हुने आयातका सामान मुस्ताङ भन्सारतर्फ डाइभर्ट गरिएको अवस्थामा एलआरआर ग्रुपले आयात गर्ने स्काइवेल बीई इलाभेनलगायतका सवारीसाधनको मूल्यांकनमा रसुवा भन्सारले यसअघि कायम गरेको मूल्यलाई आधार मानिने सम्भावना छ।

एलआरआर ग्रुपले यसअघि हङकङबाट जीली ब्रान्डका विद्युतीय सवारीसाधनसमेत आयात गरेको थियो। उक्त आयातका क्रममा आधिकारिक बिक्रेतासम्बन्धी विषयमा विवादसमेत देखिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?