काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले दसैं–तिहारलाई लक्षित गर्दै ‘उत्सव नयाँ, राइड नयाँ’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत सुजुकीका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ। देशभर लागू हुने योजना चाडपर्वको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको हो।
कम्पनीका अनुसार नगद छुट वा एक्सचेन्ज बोनससँगै ग्राहकले शून्य ब्याजमा फाइनान्सिङ तथा ३६ महिनासम्मको कम ईएमआई सुविधा पनि लिन सक्नेछन्।
यी मोडलमा लागू
‘उत्सव नयाँ, राइड नयाँ’ योजना सुजुकीका विभिन्न लोकप्रिय मोडलमा लागू हुनेछ। योजनामा भि–स्ट्रोम २५० एसएक्स, एक्सेस १२५, एभेनिस १२५, बर्गम्यान स्ट्रिट १२५ र जिक्सर १५५ लगायतका मोडल समावेश छन्।
कम्पनीले चाडपर्वका बेला ग्राहकलाई नयाँ दुईपांग्रे सवारीसाधन खरिदमा आर्थिक तथा फाइनान्सिङ दुवै पक्षबाट सहजता प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको जनाएको छ।
देशभरका डिलरबाट उपलब्ध
योजना देशभर रहेका सुजुकीका आधिकारिक डिलरबाट उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले नजिकको आधिकारिक डिलरमा पुगेर आफूले खरिद गर्न चाहेको मोडल, उपलब्ध नगद छुट, एक्सचेन्ज बोनस तथा फाइनान्सिङ सुविधाबारे जानकारी लिन सक्नेछन्।
सुजुकीले नेपाली बजारमा दैनिक आवागमनदेखि लामो दूरी र एडभेन्चर राइडिङसम्मका लागि विभिन्न सेग्मेन्टका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।
कम्पनीले चाडपर्व अवधिभर लागू हुने योजनाअन्तर्गत उपलब्ध सुविधाको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।

































