National life

टाटा कार्निभलमा एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ ईभी किन्न सकिने

टाटा कार्निभलको चौथो संस्करण : कुनै पनि पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०३ भदौ २०८३, बुधबार
1.1kShares
टाटा कार्निभलमा एक्सचेन्ज अफर, पुरानो गाडी साटेर नयाँ ईभी किन्न सकिने
ncell

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ।  ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ र नंया टियागो इभि  विशेष अफरसहित सार्वजनिक गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नंया टियागो इभिको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्। यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।

दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?