National life

नयाँ फेसलिफ्टसहित टाटा पन्च ईभी नेपालमा, बढी रेन्ज र आधुनिक फिचर थपिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१३ साउन २०८३, बुधबार
1.1kShares
नयाँ फेसलिफ्टसहित टाटा पन्च ईभी नेपालमा, बढी रेन्ज र आधुनिक फिचर थपिए
ncell

काठमाडौं । विद्युतीय सवारी क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला टाटा मोटर्सले आफ्नो लोकप्रिय पन्च ईभीको नयाँ फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ, जसमा बढी रेन्ज, शक्तिशाली ब्याट्री र अत्याधुनिक प्रविधि समावेश गरिएको छ ।

कम्पनीका अनुसार नयाँ संस्करण डिजाइन, प्रविधि, कार्यसम्पादन र ड्राइभिङ अनुभवका हिसाबले अघिल्लो मोडेलभन्दा उल्लेखनीय रूपमा परिमार्जित गरिएको छ । गाडी ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, जुन अघिल्लो २५ र ३५ किलोवाट आवर संस्करणभन्दा सुधारिएको हो ।

३० किलोवाट आवर ब्याट्री भएको मोडेलले एआरएआई अनुसार २८० किलोमिटर रेन्ज दिने जनाइएको छ भने व्यवहारिक प्रयोगमा अझ बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै ४० किलोवाट आवर ब्याट्री भएको मोडेलले ४६८ किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ ।

कार्यसम्पादनतर्फ नयाँ मोटरले गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति करिब ९ सेकेन्डमा पुर्‍याउन सक्छ । साथै तीन ड्राइभ मोड र चार तहको रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले विभिन्न सडक अवस्थाअनुसार ड्राइभिङ अनुभवलाई सहज बनाउने बताइएको छ ।

नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै १९५ एमएम ग्राउन्ड क्लियरेन्स र ४५० एमएमसम्मको वाटर वेडिङ क्षमता दिइएको छ, जसले उबडखाबड तथा पानी जमेको सडकमा पनि सहज सञ्चालन सम्भव बनाउने कम्पनीको दाबी छ ।

चार्जिङतर्फ डीसी फास्ट चार्जरमार्फत २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने बताइएको छ भने १५ मिनेटको चार्जमै करिब १३५ किलोमिटर यात्रा गर्न पुग्ने ऊर्जा प्राप्त हुने जनाइएको छ ।

गाडीमा एलईडी हेडलाइट, कनेक्टेड टेललाइट, १६ इन्च अलोय ह्विल, १०.२५ इन्च टचस्क्रिन, डिजिटल क्लस्टर, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायरजस्ता सुविधा समावेश छन् । साथै ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र ३६० डिग्री क्यामेरा जस्ता सुरक्षा फिचर पनि दिइएको छ ।

भारतमा केही महिनाअघि सार्वजनिक भएको यो मोडेल नेपालमा नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा औपचारिक रूपमा प्रदर्शन गरिने तयारी गरिएको कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?