National life

आइएमई मोटर्स स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्यान्डको आधिकारिक वितरक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
1.2kShares
आइएमई मोटर्स स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्यान्डको आधिकारिक वितरक
ncell

काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटीका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्री गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा स्विच मोबिलिटीका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्यान्डका अध्यक्ष धिरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्यान्डको सब्सिडिएरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधन उत्पादन तथा वितरण सुरु गरेको छ ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्यान्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो ।

अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्विच मोबिलिटीद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरेकी छन् ।

त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्यान्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्री गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्यान्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्छ ।

अशोक लेल्यान्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्यान्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दुजा ग्रुपको प्रमुख कम्पनी हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?