National life

इभी आयात सुस्त, पाँच महिनामा ३८ सय भित्रिए, राजस्व संकलनमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
1.1kShares
इभी आयात सुस्त, पाँच महिनामा ३८ सय भित्रिए, राजस्व संकलनमा गिरावट
ncell

काठमाडौं । नेपाली बजारमा इभी आयात सुस्त हुँदा त्यसको असर राजस्व संकलनमा पनि परेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा विभिन्न देशबाट ३ हजार ७ सय ९८ वटा विद्युतीय कार, जिप र भ्यान (इभी) आयात भएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो । आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ४ हजार ६ सय ९७ गाडी नेपाल भित्रिएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो इभी आयात गर्न विद्युतीय गाडी व्यवसायीहरुले विभिन्न देशमा ८ अर्ब ९५ करोड ५१ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् । सो इभी आयात मार्फत नेपाल सरकारले ५ अर्ब ५६ करोड ६३ लाख ९७ हजार राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा सरकारले ६ अर्ब ९६ करोड २८ लाख ४३ हजार मात्र राजस्व संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा सरकारले उठाउने राजस्व २० प्रतिशतले घटेको हो ।

चालु आवको ५ महिनामा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका इभी ४ सय १४ वटा भित्रिएका छन् । सो इभी आयात गर्न नेपाली व्यवसायीहरुले १ अर्ब २३ करोड ८१ लाख ३ हजार रुपैयाँ विभिन्न देशमा खर्च गरेका छन् भने त्यसवापत सरकारले १ अर्ब ५ करोड ७२ हजार राजस्व संकलन गरेको छ ।

सोहि अनुरुप समिक्षा अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी २ हजार १ सय ६४ वटा भित्रिएका छन् भने सोको लागि नेपालले ५ अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ। जसबाट सरकारले ३ अर्ब ५६ करोड ४२ लाख ९० हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी, चालु आवको ५ महिनामा ५० किलोवाटका इभीहरु १ हजार २ सय १५ वटा आयात भएका छन् भने सोको लागि नेपालीहरुले २ अर्ब ७ करोड ३२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका इभी भने ५ वटा मात्रै नेपाल भित्रिएका छन् । जसका लागि नेपालले ३ करोड ५१ लाख ३३ हजार विभिन्न देशमा खर्च गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?