National life

‘नाडा अटो शो २०२४’ को उद्घाटन अस्थिर नीतिले मारमा परेको अध्यक्ष चौधरीको गुनासो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ भदौ २०८१, मङ्गलबार
866Shares
‘नाडा अटो शो २०२४’ को उद्घाटन अस्थिर नीतिले मारमा परेको अध्यक्ष चौधरीको गुनासो
ncell

काठमाडौँ। आजदेखि  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन भएको छ । उक्त कार्यक्रमको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

नाडाले आयोजना गरेको यो १६ औं संस्करण हो । १६ गतेसम्म सञ्चालन हुने शोमा बीमा कम्पनी ,सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको प्रदर्शनी हुने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समारोहमा अध्यक्ष चौधरीले अटो सो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि हुने गरेको बताए। अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगका रूपमा चित्रित गर्न खोजेको बताए।

अध्यक्ष चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासो गरे। उनले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरु भएर उद्योगका रूपमा विकास भइरहेको बताए।

साथै उनले मौद्रिक नीतिमा पनि नेपाल राष्ट्र बैंकले अटो व्यवसायलाई समेट्ने प्रयास नगरेको बताए । साथै उनले अटो क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । उनले अहिलेको सरकार माथि अटो व्यवसायीहरूलाई ठुलो आस र भरोसा रहेको भन्दै सरकारबाट विद्युतीय सवारीसाधनमा सहयोग चाहिएको बताए।

यो समाचार शेयर गर्नुहोस्
866SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?