National life

भदौ ११ देखि ‘नाडा अटो शो २०२४’ आयोजना गरिने, स्टल बुकिङ भोलीदेखि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
815Shares
भदौ ११ देखि ‘नाडा अटो शो २०२४’ आयोजना गरिने, स्टल बुकिङ भोलीदेखि
ncell

काठमाण्डौ। नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ।

भदौ ११ गतेदेखि १६ गतेसम्म नाडाले सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनीको १६औं संस्करण ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको हो ।

काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना गरिने उक्त प्रदर्शनीको भोलीदेखि असार ५ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने भएको छ। प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने नाडाले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था,अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको नाडाले उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
815SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?