National life

बिवाईडीको नयाँ शोरुम भक्तपुरको सल्लाघारीमा सञ्चालन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
717Shares
बिवाईडीको नयाँ शोरुम भक्तपुरको सल्लाघारीमा सञ्चालन
ncell

काठमाडौँ । बिवाईडीले हालै भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले भव्य समारोह बीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।

शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको जानकारी गराए ।

नेपालको विद्धुतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बिवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको छ ।

बीवाइडीले नेपालभरि आफ्नो संजाल विस्तार गरिरहेको छ र विरगंज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ । उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?