National life

सुजुकी जिम्नी र फ्रोन्क्स नेपालभरका सोरुममा उपलब्ध हुने, कति छ मूल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
747Shares
सुजुकी जिम्नी र फ्रोन्क्स नेपालभरका सोरुममा उपलब्ध हुने, कति छ मूल्य ?
ncell

काठमाडौँ । सुजुकी एसयूभी नेपालभरका सबै सुजुकी सोरुममा उपलब्ध हुने भएको छ । लामो समयदेखि प्रतीक्षा गरिएका दुई सुजुकी एसयूभी साउन २२ देखि नेपालभरका सबै सुजुकी सोरुममा हेर्न र टेस्ट ड्राइभका लागि उपलब्ध हुने भएको हाे ।

साथै सबै सुजुकी सोरुममा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ।

नेपालका लागि सुजुकी ब्रान्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले यी एसयूभी बुकिङ असार २९ देखि नै खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आक्रमक रणनीति अपनाएर मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको मूल्य ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको ३९ लाख ९९ हजारबाट सुरु हुनेछन् ।

पाँचढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित कारमध्ये एक हो । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो, जो हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोडब्लूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिङ्क रिजिड एक्स्ले सस्पेन्सनजस्ता अफ-रोड सुविधा समावेश गर्छ ।

अफ-रोडका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा उपलब्ध गराएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?