National life

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ ‍सुरु, कस्ता छन् सुविधा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
1.3kShares
हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ ‍सुरु, कस्ता छन् सुविधा ?
ncell

काठमाडौँ । नेपालमा हुन्डा गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले‘ अनबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहकमाझ ल्याएको छ।

आज (मङ्सिर १४ गते) बाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यस एक्सचेन्जमा ग्राहकहरूले आफ्नो  गाडीको बजारको प्रचलित मूल्याङ्कन भन्दा न्यूनतम रु ५० हजार थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरूप रु ५० हजार सम्मको गो ग्रिन बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

विभिन्न मोडलहरूको खरिदमा नगद रु ६ लाख सम्मको आकर्षक छुटका साथै हुन्डा शोरुममा गएर आफ्नो गाडीको मूल्याङ्कन गराइ र  हुन्डा गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस एक्सचेन्ज योजना सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी र ह्याचब्याकमध्येबाट आफ्नो रोजाइ र आवश्यकताअनुसार छनौट गर्न सक्नेछन्। सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरि १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। हुन्डा मोटर कम्पनी विश्वकै ५ ठुला अटो मोबाइल उत्पादकमध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौँ ग्राहकको मन तथा विश्वास जित्न सफल भएको दाबी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?