National life

‘हुन्डाईको नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना,सार्वजनिक हुन्डाई खरिदमा ६ लाख छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ चैत २०८०, सोमबार
705Shares
‘हुन्डाईको नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना,सार्वजनिक हुन्डाई खरिदमा ६ लाख छुट
ncell

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष लक्षित ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सार्वजनिक गरेको छ।

कम्पनीले सोमबारदेखि देशभर लागू गरेको योजनामा ग्राहकको यात्रा खास बनाउन यस पटक तीन गुणा नगद छुट अफर ल्याइएको जानकारी दिएको छ। 'हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडी खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।

योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, ग्राहकले स्‍क्रैच तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

हुन्डाई गाडीमा तीन वर्षे वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ तथा इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्षे वारेन्टी रहेको कम्पनीले बताएको छ। योजनाबाट हुन्डाईका कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा इभी गाडी खरिद गरी फाइदा लिन सकिने कम्पनीको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?