काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ (FIFA WORLD CUP 2026) सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ World Cup to World Cup ” अफर सार्वजनिक गरेको छ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता (mobility), जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा रु. ४ लाखसम्मको आकर्षक नगद छुटका साथै रु. ४४,४४४ सम्मको विशेष वल्र्ड कप बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको विस्तृत बीमा ( comprehensive insurance ) र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइएको छ।
यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई–भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्दछ। “ World Cup to World Cup ” अभियानमार्फत हुन्डाईको स्वामित्व अझ बढी फलदायी, सुविधाजनक र भरोसायोग्य बन्नेछ ।
नेपालमा बलियो विरासत र देशव्यापी बिक्री तथा सेवा सञ्जाल रहेको हुन्डाई, विश्वास, नवीनता, विश्वसनीयता र प्रगतिशील गतिशीलताका लागि चिनिने गाडीहरू प्रदान गर्न सधैं समर्पित रहेको जनाइएको छ।
हुन्डाई नेपालले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई नजिकैको हुन्डाई शोरुममा गई यो सीमित अवधिको “ World Cup to World Cup ” अफरको लाभ उठाउन निमन्त्रणा गरेको छ।
कम्पनीले भनेको छ, ‘हुन्डाईका साथ, विशेष सुविधाहरूका साथ हरेक माइलको उत्सव मनाउनुहोस्।’


































