National life

हुन्डाईको ल्यायो 'टेष्ट ड्राइभ एण्ड वीनु क्याम्पेन, विजेतालाई यस्तो छ उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
624Shares
हुन्डाईको ल्यायो 'टेष्ट ड्राइभ एण्ड वीनु क्याम्पेन, विजेतालाई यस्तो छ उपहार
ncell

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेष्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन ल्याएको छ। यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन्।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ भने साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर बिजेताले रेफ्रिजरेटर प्राप्त गर्नेछन्। यो क्याम्पेन दुई साता चल्ने कम्पनीको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सार्वजनिक गरिएको थियो। लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न सुरु गरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले धेरैको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

जसको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ पर्नेछ । नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ। त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशन मार्फत् नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट २०२४को मे १० मा भएको थियो। यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

साउन २८ गते बाट सुरु हुने यस क्याम्पेनमा इच्छुकले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन्। यो क्याम्पेनको विजेताको घोषणा साप्तहिक रुपमा लक्की ड्र मार्फत छनोट गरिनेछ र कम्पनीको फेसबुक पेज मार्फत् जानकारी गराईनेछ । चाडपर्व नजिकिदै गर्दा हुन्डाईको नयाँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नको लागि अवसर प्रदान गरि आफ्नो गाडी किन्रे योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?