National life

हुन्डाईले ल्यायाे 'फेस्टिभ डिलाइट', 'लक्की ड्र'मार्फत एसयूभी जित्ने अवसर​​

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
649Shares
हुन्डाईले ल्यायाे 'फेस्टिभ डिलाइट', 'लक्की ड्र'मार्फत एसयूभी जित्ने अवसर​​
ncell

काठमाडाैं । हुन्डाई गाडीको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित फेस्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेको छ ।

दशैं–तिहारलाई विशेष र हर्षोल्लास बनाउनका लागि विगतका वर्षहरूमा जस्तै आकर्षक उपहारसहितको योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

योजना अनुसार लक्की ड्र मार्फत १ जनालाई हुन्डाइको एसयूभी गाडी प्रदान गरिने छ । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजनाको रुपमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हुन्डार्ड फेस्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा रु. ६ लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

यही २१ भदौदेखि शुरू भएको हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनामा ‘नाडा अटो शो’मा गाडी खरिद गर्ने व्यक्तिहरूले पनि योजनामा सहभागिता जनाउन सक्नेछन् ।

नाडा अटो शो २०२३ मा हुन्डाईको बी ५ स्टल भ्रमण गरेर आफ्ना जिज्ञासा राख्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व)सम्म लागू हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?