National life

हुन्डाईको गाडी खरिमा ५ लाखसम्म छुट, ईभी खरिदमा ५० हजारसम्म बोनस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
643Shares
हुन्डाईको गाडी खरिमा ५ लाखसम्म छुट, ईभी खरिदमा ५० हजारसम्म बोनस
ncell

काठमाडौं । नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाई अटोमोवईल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई न्यु इयर डिलाइट-२०२४’ योजना ल्याएको छ । यो योजना पुस १६ गतेदेखि नेपाल भरका सबै शोरुममा सुरु भएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत, ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजारसम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा ५ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबै हुन्डाई आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचव्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिने छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ं चारजिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?