National life
cg eloctronics

एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै, अझै प्रविधिमैत्री र ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
632Shares
एनआईसी एशिया बैंक २६औं वार्षिकोत्सव मनाउँदै, अझै प्रविधिमैत्री र ग्राहकमैत्री सेवा दिने प्रतिबद्धता
muktinatha bikash bank

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २६औं वार्षिकोत्सव मनाउँदैछ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ एनआईसी एशियाको सुरुआत भएको हो ।

आत्मीय सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन गइरहेको बैंकले जनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गरेको छ।

‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ र जे छौँ, त्यसको सम्पूर्ण श्रेय ग्राहकहरुहरुलाई नै जान्छ’,बैंकले भनेको छ । आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट रहेको बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?