National life

ज्योति विकास बैंकले गर्याे क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
649Shares
ज्योति विकास बैंकले गर्याे क्यूआर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक
ncell

काठमाडौँ । ज्योति विकास बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइली; क्यूआर अडियो अलर्ट डिभाइस”सेवा सार्वजनिक गरेको छ।

बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो।

यस सेवा अन्तर्गत क्यूआर अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन्।

यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैंकले यो सेवा बिट्स क्राफ्टसँगको सहकार्यमा ल्याएको हो ।

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?