National life

सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.2kShares
सालपा विकास बैंकले पुस १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने
ncell

काठमाडौँ। सालपा विकास बैंकले पुस १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १४ लाख ३९ हजार १ सय ७९ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

यस निष्काशनमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्ताको लागि दिन सकिने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बैंकले गत वैशाख २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

यस बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?