National life

स्ट्यान्डर्ड चार्टर्ड बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
468Shares
स्ट्यान्डर्ड चार्टर्ड बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य
ncell

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग कर्जा नोक्सानी ग्यारेन्टीका लागि सम्झौता गरेको छ । यो सम्झौताले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तपोषणलाई मापन गर्ने बैंकको भनाइ छ ।

‘कर्जा नोक्सानी ग्यारेन्टीले दिगो पहलका लागि कर्जा प्राप्त गर्न धितो आवश्यकतालाई कम गर्ने विश्वास गरिएको छ’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बेलायती सरकारअन्तर्गत यूकेएडको संलग्नताको यो संयूक्त कार्यक्रम हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौताले देशमा नवीकरणीय उर्जा वित्तपोषणलाई मापन गर्ने अपेक्षा गरिएको छ । दिगो पहलका लागि कर्जा प्राप्त गर्दा ‘लोन लस ग्यारेन्टी’ सुविधाले धितोको आवश्यकता कम गर्ने अपेक्षा गरिएको छ । यो नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत पर्ने बताइएको छ । यसले कर्जाका लागि २० प्रतिशत ग्यारेन्टी जोखिम बहन गर्ने सम्झौतामा उल्लेख छ ।

नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम (NREP) वितरित नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी बढाउन र सक्षम र दिगो बनाउनका लागि नीति, योजना, कानुनी निर्माण, र नियामक वातावरणलाई सहजीकरण गर्दै विश्वव्यापी ऊर्जा पहुँच बढाउन प्रतिबद्ध रहेको बताइएको छ ।

कार्यक्रमले सक्षम र दिगो नीति, योजना, कानून निर्माणमा सहजीकरण गर्ने छ । सम्झौतामा हस्ताक्षर समारोहमा स्ट्याण्डर्ड चार्टर्डका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग बैंकले गरेको सम्झौता साझेदारीको शुरुआत मात्र भएको बताए । प्रमुख कार्यकारी अधिकृत दस्तीदारले भने, “यो वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग स्ट्यान्डर्ड चार्टर्ड बैंक को साझेदारीको सुरुवात मात्र हो । यसबाहेक, ‘एक्सेलेरेटिङ जीरो’ विश्वव्यापी रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख रणनीतिक स्ट्यान्डहरूमध्ये एक भएकोले नेपाल स्वाभाविक रूपमा एउटा रोमाञ्चक बजार हो ।’

स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस वर्षको शुरूमा काठमाडौंमा‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर नेपाल’ आयोजना गरेको थियो, जुन नेपालका लागि गानीको अन्तर घटाउने वित्तीय औजारमा केन्द्रित रहेको बैंकले स्मरण गरेको छ । विश्वव्यापी रूपमा बैंकले यस दशकको अन्त्यसम्ममा ३०० बिलियन डलर ग्रीनरट्रान्जिसन फाइनान्स परिचालनमा दिगो वित्तको दायरा र लपहुँच विस्तारमा खर्चने योजनामा रहेको बताएको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?