National life

नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
797Shares
नयाँ विशेषतासहित ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको हो।

नयाँ नोटको आकार तथा मूल डिजाइन भने साविककै कायम गरिएको छ। नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नोटको अगाडिको भागमा हिमालको चित्रसँगै लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल्लो भागमा ‘५०’ अंकसमेत समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज नम्बर उल्लेख गरिएको छ भने गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा सुरक्षाका लागि १.२ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ, जसमा ‘NRB’ लेखिएको छ।

नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। त्यसमाथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तल्लो भागमा ‘RUPEES FIFTY’ तथा ‘2025 A.D.’ सिरिज नम्बर उल्लेख गरिएको छ।

राष्ट्र बैंकले नयाँ नोटका यी विशेषताले बैंकनोटको सुरक्षा र पहिचानलाई थप प्रभावकारी बनाउने जनाएको छ।

सम्बन्धित खवर

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?