National life

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच बैंकिङ अन वुमन पहल अन्तर्गत सहकार्य

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२४ वैशाख २०८३, बिहिबार
1.3kShares
लक्ष्मी सनराइज बैंक र आइएफसीबीच बैंकिङ अन वुमन पहल अन्तर्गत सहकार्य
ncell

काठमाडौं। लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय International Finance Corporation (IFC) सँग Banking on Women (BoW) पहलअन्तर्गत Global WMSME Sex Disaggregated Data (SDD) सहकार्य सम्झौता गरेको छ। उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल Women Entrepreneurs Finance Initiative (We-Fi) ले सहयोग गरिरहेको छ।

We-Fi विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (WMSMEs) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो। यस अन्तर्गत सञ्चालन हुने Women Entrepreneurs Finance Code (the WE-Finance Code) वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राख्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरे ।

यस सहकार्य अन्तर्गत IFC ले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक (Sex Disaggregated Data – SDD) को संकलन, विश्लेषण तथा उपयोग प्रकृया सुदृढ बनाउन सहयोग गर्नेछ। यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरू (WSMEs) का आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्नेछ। यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्नेछ।

यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?