National life

ऋणीहरूलाई थप राहत,कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ वैशाख २०८०, मङ्गलबार
1.4kShares
ऋणीहरूलाई थप राहत,कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन
ncell

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको ।

केन्द्रीय बैंकले सोमबार एक परिपत्र जारी गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने यस्तो यवस्था थप गरेको हो । “कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ ।“ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कोर बैंकिङ सिस्टममार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणाली व्यवस्था गर्नुपर्ने व्यवस्था ल्याएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। यसअघि कोर बैंकिङ सिस्टममार्फत पछिल्लो त्रैमासिक औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणाली व्यवस्था गर्नुपर्ने व्यवस्था थियो।

यसैगरी ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समान रुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले संशोधनमार्फत गरेको छ। यसअघि यस्तो व्यवस्था गरिएको थिएन।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरिएको छ। तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा नपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले अब मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक संशोधनमार्फत गरेको छ।

राष्ट्र बैंकले ब्याजदर घटाउदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरि व्यवस्था मिलाउने व्यवस्था गर्न सुझाव दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?