National life

एनआइसी एसिया बैंकको नाफा ९२.०३ प्रतिशतले घट्यो, जगेडा कोषमा १७ अर्ब ४१ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ माघ २०८१, सोमबार
1.3kShares
एनआइसी एसिया बैंकको नाफा ९२.०३ प्रतिशतले घट्यो, जगेडा कोषमा १७ अर्ब ४१ करोड
ncell

काठमाडौं।एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९२.०३ प्रतिशतले थोरै हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यसले १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी ६.४० प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ५४ करोड थियो । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४८ करोडबाट बढेर २ अर्ब ५३ करोड पुगेको छ । बैंकले गर्दा नाफामा गिरावट देखिएको हो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ९०.४० प्रतिशतले घटेको छ । यस बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ जम्मा रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५५ पैसाले घटेर २ रुपैयाँ ०४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ ।


  • यस अघि शिर्षकमा घटेको हुनु पर्नेमा बढेको भएकाले सच्चाएका छौ।

  • यो समाचार शेयर गर्नुहोस्
    1.3kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?