National life

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
891Shares
ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App बाट हवाई टिकट खरिदमा रु. ५०० क्यासब्याक
ncell

काठमाडौँ । ज्योति विकास बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ। यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट App बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५०० को सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ। ज्योति स्मार्ट App बाट हवाई टिकट खरिद गर्दा अफर बक्समा "FLY500" प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ। साथै, पहिलो ३०० जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन्।

सिमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ। अभियान अवधिभर, ग्राहकहरूले ज्योति स्मार्ट App प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ।

बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ्ग प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था INTERCERT ले प्रदान गरेको यो प्रमाणपत्रले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
891SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?