National life

ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1KShares
ज्योति विकास बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
ncell

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, यसअघि ती सेयर संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्रीमा राखिएको थियो।

तर, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति, कम्पनी तथा संघ–संस्थाले समेत ती सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो। बैंकले बिक्रीमा राखिएको संस्थापक सेयरको संख्या भने खुलाएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकका अनुसार, उक्त सेयर खरिद गर्ने व्यक्ति वा संस्थाले भविष्यमा पनि संस्थापक समूहकै हैसियत कायम राख्नेछन्।

इच्छुक लगानीकर्ताले काठमाडौँको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा उपस्थित भई आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?