National life

दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
793Shares
दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने
ncell

काठमाडौं । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?