आर्थिक भ्वाइस संबाददाता
काठमाडौँ । नागरिक लगानी कोष नागरिकले लगानी गर्ने राष्ट्रको बचत परिचालनमा योगदान पु¥याउने उद्धेश्यले २०४७ सालमा स्थापना भई २०४८ माघ १ गतेबाट कारोबार सुरु भएको थियो ।
राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याउन पुँजी बजारको गतिशील विकाससँगै कोष विस्तार र लगानीका अवसरहरू बढाउन बचत गर्ने उद्धेश्यले स्थापना गरिएको कोषले विभिन्न प्रकारका सेवा निवृत्ति योजनाहरू÷कार्यक्रमहरू साथै विभिन्न एकाइ योजनाहरू र म्युचुअल फन्ड कार्यक्रमहरू सञ्चालन र व्यवस्थापन गर्दछ।
कोषले सर्वसाधारण, विभिन्न सङ्गठित संघ–संस्थामा कार्यरत कर्मचारी ,कामदार, तथा सङ्गठित संघ–संस्थाबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत संकलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायीका ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको छ ।यस कोषले केन्द्रीय कार्यालय काठमाडौं, पोखरा , विराटनगर, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा कार्यलयहरु बाट सेवा प्रवाह गरिरहेको छ ।
हालसम्म कोषले गर्दै आएको कामलाई नै निरन्तर रूपमा थप परिस्कृत जाने , नागरिक पेन्सन कार्यक्रमलाई दायरा विस्तार गर्ने तथा थप कार्यक्रम ल्याउनेभन्दा थप स्रोत परिचालन गर्ने र त्यसलाई नै पूर्वाधार क्षेत्रमा लगानी गरेर वा सदुपयोग गरेर अगाडी बढ्ने कोषको योजना छ ।
नागरिक लगानी कोषले संचालन गरेका कार्यक्रम र सुविधाहरु :
–कर्मचारी बचत वृद्धि अवकाश कोष योजना
दश लाख भन्दा माथी जति सुकै रकम मौज्दात भए पनि मौज्दात रकमको सावा ब्याज ५० प्रतिशत मौज्दातमा ५ प्रतिशतका दरले कर लाग्छ ।
–आवाश कर्जा
–लगानीकर्ता हिसाब योजना
–उपदान योजना
व्यक्तिगत वा संस्थागत रुपमा जम्मा हुने गरी उपदान योजना सञ्चालन सञ्चालन गर्नुका साथै कुशल लगानी व्यवस्थापन गर्ने उद्धेश्येले यो योजना सञ्चालनमा ल्याइएको हो । संगठित संस्थाहरुको भविष्यमा एकै पटक पर्ने दायित्व घटाउने र कर्मचारी सेवा निवृत्त भएपछि पाउने उपदान रकमको सुनिश्चितता समेत यस योजनाले प्रदान गर्दछ ।
यो योजना अन्तर्गत कोषले सहभागी संस्थाहरुलाई उपदान बापतको रकम जम्मा गर्न प्रोत्साहन गर्ने , कोषको लगानी निती अनुसार तोकिएको क्षेत्रमा लगानी गर्ने र प्राप्त व्याज तथा आम्दानी सम्बन्धित संस्थाहरुको कर्मचारीहरुको व्यक्तिगत खाता वा संस्थाकै खातामा जम्मा गर्ने गरिन्छ । साथै प्रत्येक वर्ष प्राप्त हुने व्याज र आम्दानि पुँजीकृत गर्ने कार्य गर्दै आएको छ ।
–नागरिक एकांक योजना
–राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कार्यक्रम,
–नागरिक पेन्सन योजना
यदि कसैले पाँच सय रुपैयाँ राखेको छ भने उसको १५ वर्षमा साँवा ९० हजार रुपैयाँ हुन्छ । त्यसमा बजारको रेट अनुसार ब्याज दिइनेछ । जति रकम जम्मा भयो त्यसको सावाँ ब्याजलाई १७० ले भाग गर्दा जति आउँछ सोही रकम मासिक पेन्सन हुन आउँछ ।
पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न सुरु गरेपछी निजको मृत्यु भएमा मृतकको पति पत्नीलाई उसले पाइरहेको रकम बराबर नै पारिवारिक पेन्सन प्रदान गर्ने व्यवस्था छ ।
बचतकर्ताको निवृत्तिभरण सुरु भए पछि निज र निजको श्रीमान् वा श्रीमती दुवैको मृत्यु भएमा कोषका सम्वन्धित व्यक्तिको नाममा बाँकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गर्ने तथा कुनै बचतकर्ताको निवृत्तिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम त्यसको ब्याज र प्रतिफल समेत एकमुस्ट रुपमा प्रदान गरिने व्यवस्था रहेको छ ।
कुन योजनामा कस्ता कस्ता व्यक्तिहरु सहभागी हुन सक्दछन ?
कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष योजना – यस निजामती सेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायत सरकारी तथा निजी संघ संस्थामा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, तथा ज्यालादारी कर्मचारीहरु सहभागी हुन सक्छन् ।
निजामती बीमा कोष – यस कोषमा स्थायी निजामती कर्मचारीहरु समावेश हुन सक्छन्।
शिक्षक बीमा कोष –यो कोषमा सार्वजनिक विद्यालयका स्थायी शिक्षक कर्मचारीहरु समावेश हुन सक्छन् ।
नेपाल प्रहरी बीमा – यसमा स्थायी नेपाल प्रहरी कर्मचारीहरु जोडिन सक्छन् ।
नेपाली सेना बीमा कोष – यस कोषमा स्थायी सैनिक कर्मचारीहरु समावेश हुन पाउँछन् ।
सशस्त्र प्रहरी बल बीमा कोष – यो कोषमा स्थायी सशस्त्र प्रहरी बलका कर्मचारीहरु समावेश हुन पाउँछन् ।
नार्क बीमा कोष– यस कोषमा नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीहरु जोडिन सक्छन् ।
लगानीकर्ता हिसाब योजना – यो योजनामा सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरू संलग्न हुन पाउँछन् ।
उपदान कोष योजना– यो योजनामा सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्थाहरू आबद्ध हुन पाउँछन् ।
नागरिक एंकाक योजना– यस योजनामा सम्पूर्ण नेपाली नागरिकहरु जोडिन पाउँछन् ।



































