काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा निफ्राको खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिसम्म कम्पनीले १ अर्ब ४१ करोड ५२ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी घटेपछी नाफामा प्रभाव परेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६.४६ प्रतिशतले घटेर २ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ । जुन अघिल्लो आवमा २ अर्ब ७२ करोड रुपैयाँ थियो ।
कम्पनीले समीक्षा अवधिसम्ममा २ अर्ब २४ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.०२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको इम्प्येरमेन्ट चार्ज ३१ करोड ८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षा अवधिसम्ममा ८२ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । रिजर्भ कोषमा कम्पनीले २ अर्ब ९५ करोड रुपैयाँको व्यवस्था गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस०६.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७.०१ गुणा,तरलता अनुपात ४५९.७८ प्रतिशत र इक्युटिमा प्रतिफल ५.५१ प्रतिशत कायम भएको छ ।
































