National life

निफ्राको नाफा घट्यो ,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
747Shares
निफ्राको नाफा घट्यो ,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको नाफा ९.९४ प्रतिशतले घटेर ६८ करोड ९९ लाख रुपैयाँमा समिति भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २.८३ प्रतिशत बढेर १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब ३२ करोड ४९ रुपैयाँ रहेको थियो ।

पुस मसान्त सम्ममा कम्पनीको सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ। कम्पनीको संचालन नाफा ९८ करोड ५५लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ, चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?