काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।
यस अवधिसम्म कम्पनीको कम्पनीको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख रुपैयाँ पु्गेको छ । कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । कम्पनीले समिक्षा अवधिसम्म १ करोड २७ लाख रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७७.९२ प्रतिशतले बढी हो ।
यस अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ लाख ५८ हजार रुपैयाँ छुट्टाएको छ । कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ०.९१ प्रतिशतले बढेर ४३ करोड १० लाख रुपैयाँबराबर रहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा १२.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.११ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ, पीई अनुपात ३६०.१५ गुणा,प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५४४.९५ रुपैयाँ र तरलता अनुपात ४८.७० प्रतिशत कायम भएको छ ।


































