National life

किन घटिरहेको छ बजार ? नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
920Shares
किन घटिरहेको छ बजार ? नेपाल फाइनान्स सहित यी कम्पनीको सर्वाधिक कारोबार
ncell

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १२.१० विन्दुले घटेर २७२७.२६ अंकमा आएको छ । धेरैजसो समूहका सूचक घटेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
९ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

बजारले निश्चित गति समाउन सकेको छैन । बजारमा आएको घटबढले बजारले निश्चित गति लिन नसकेको संकेत गरिरहेको छ। छोटो समयमा ४५ प्रतिशतभन्दा बढी बढेको बजारमा प्रोफिट बुक गर्नेहरू हाबी हुँदा गिरावट आएको छ ।

केही दिनयता दैनिक कारोबार रकम पनि घटिरहेको देखिन्छ । यसअघि नाफा बुक गरेकाहरूले पनि बजार अझै घट्न सक्ने वा केही समय साइडवेजमा बस्न सक्ने अनुमान लगाउँदै एग्रेसिभ बाइ नगर्दा कारोबार रकम प्रभावित भएको अनुमान गरिएको छ ।

समग्रमा हेर्दा, बजारमा घटबढ भइरहन्छ । बढेको बजार घट्छ, घट्नेक्रम सकिएपछि पुनः बढ्छ । यो बजारको सामान्य नियम हो । यसर्थ, आम लगानीकर्ताले जहिले पनि आफ्नो रणनीति बनाउनुपर्ने हुन्छ । कहिले किन्ने, कुन बेला बेच्ने भनेर ।अल्पकालीन कारोबार गर्ने हो कि अलि लामो अवधिसम्म होल्ड गर्ने भन्ने पनि लगानीकर्ताले पहिला नै विचार गर्नुपर्ने हुन्छ ।

बजारमा गिरावट आउँदा उक्त दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ४० करोड ५० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। एनएलजी रिइन्स्योरेन्सको ३४ करोड २२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

त्यस्तै उक्त दिन गुडविल फाइनान्सको २९ करोड ९६ लाख ७९ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २९ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?