National life

प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
425Shares
प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट
ncell

गोरखा गार्डन होटल प्रा.लि.ले प्रभु बैंकका ग्राहकलाई सेवामा छुट दिने भएको छ । प्रभु बैंकले गोरखा गार्डनबीच विशेष छुट दिने सम्झौता भएको हो । बैकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाका अनुसार, ग्राहकहरूले होटलको सेवा उपभोग गर्दा १५ प्रतिशतसम्म छुट दिईनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो छुट प्रभु बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता Alternate Delivery Channel (ADC) सेवाहरू प्रयोग गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ। ग्राहकहरूले होटलको आवास, खानपिन, पेय पदार्थ तथा अन्य सेवाहरूमा यो छुटको फाइदा लिन सक्नेछन्।

गोरखा गार्डन होटल, ऐतिहासिक गोरखाको मुटुमा अवस्थित एक उत्कृष्ट गन्तव्य हो, जहाँ लक्जरी बसोबास, पारिवारिक मैत्री वातावरण, आरामदायी कोठा र उच्चस्तरीय सेवा पाइन्छ। यो होटल विशिष्ट पाहुना सत्कार र आतिथ्यताको लागि चिनिन्छ।

यो साझेदारीले गोरखाको पर्यटन प्रवर्द्धन गर्नुका साथै प्रभु बैंकका ग्राहकहरूलाई थप लाभ दिने लक्ष्य राखेको छ। साथै रानाले थप जानकारी वा बुकिङका लागि गोरखा गार्डन होटलमा सिधै सम्पर्क गर्न वा प्रभु बैंकका आधिकारिक प्लेटफर्महरू हेर्न अनुरोध गरेका छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
425SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?