काठमाडौँ। प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका रहेको छ ।
बैंककै संस्थापक सेयर धनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले यस लिलामीमा आवेदन दिन सक्नेछन्। त्यसका लागि न्यूनतम १०७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले यसमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बिक्री प्रबन्धक प्रभु क्यापिटल, काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने छ।

































