National life

बाढीपहिरो प्रभावितको लागि प्रभु ग्रुपद्धारा १ करोड ७५ लाख सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ असोज २०८१, सोमबार
728Shares
बाढीपहिरो प्रभावितको लागि प्रभु ग्रुपद्धारा १ करोड ७५ लाख सहयोग
ncell

काठमाडौं । प्रभु बैंक तथा प्रभु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ योगदान गरेको छ । प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सत्तारुढ दल नेकपा एमालेका सांसद देवीप्रसाद भट्टचनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रुपको तर्फबाट सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रभु बैंकका संस्थापक अध्यक्ष तथा सांसद भट्टचनले १ करोड रुपैयाँको चेक सरकारलाई हस्तान्तरण गरे । संस्थापक अध्यक्ष भट्टचनले प्रभु ग्रुपको तर्फबाट समेत गरी कुल १ करोड ७५ लाख रुपैयाँको चेक प्रधानमन्त्री ओलीलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रकम हस्तान्तरण समारोहमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन लगायत बैंकका उच्च अधिकारी सहभागी थिए । सांसद भट्टचनले प्रभु ग्रुपले विगतमा पनि विपद्को समयमा सहयोग गरेको र भविष्यमा पनि गर्ने बताए ।

प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकोमा सबैमा धन्यवाद दिए ।

असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने क्रम जारी छ ।

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?