National life

बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने बढ्दै, कारण के होला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
710Shares
बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने बढ्दै, कारण के होला ?
ncell

काठमाडौं। हाल दैनिकजसो बैंक, वित्तीय संस्था तथा लघुवित्त कम्पनीहरुका सेयरधनीहरुले संस्थापक सेयर बिक्रीमा राखेर सूचना जारी गरेको देखिन्छ । सेयरधनीहरुले हजारदेखि लाखौं कित्तासम्म सेयर बिक्री खुला गरिरहेका हुन्छन् ।

तर तोकिएको समयमा उक्त सेयर सबै बिक्री भएको हुँदैन । नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयरधनीले पहिला विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्नुपर्ने हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त सेयर तोकिएको समयभित्र बिक्री नभएमा पछि गएर अन्य व्यक्तिले समेत खरिद गर्न मिल्ने गरी बिक्री खुला गरिन्छ ।

तर अहिलेको अवस्थामा अन्य व्यक्तिले पनि उक्त सेयर खरिद गरेका छैनन् । केही सीमित कित्तामात्र सेयर खरिदबिक्री हुने गरेको देखिएको छ । एक बैंकरले लगानीकर्तालाई पैसा चाहिएर नै यसरी सस्तो मूल्यमा सेयर बिक्री गर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘यसरी सस्तो मूल्यमा सेयर बिक्री गर्नुपरेको छ । पैसा चाहेर नै भन्नु पर्छ ।’ त्यसो त, संस्थापक सेयरको भाउ त्यही १०० रुपैयाँ आसपास नै रहेको हुन्छ । तरपनि सबै बिक्री हुँदैन ।

संस्थापक सेयर बिक्री गर्न संस्थापकलाई हम्मे हम्मे हुन्छ । लगानीकर्ताहरुले कि त आफैले मान्छे खोजेर सेयर बिक्री गर्नु पर्छ । अन्यथा, पत्र पत्रिकामा सूचना जारी गरेर सेयर बिक्री गर्नु पर्ने अवस्था छ ।

तर यसरी पनि उक्त सेयर सहजै बिक्री हुँदैन । यसको कारण भनेको दोस्रो बजारमा सहज कारोबार नहुनु नै हो । संस्थापक सेयर सहजै बिक्री गर्न नमिल्ने र प्रतिफलको रुपमा बोनस सेयर मात्र प्राप्त गर्दा संस्थापक झनै मारमा परेका हुन् ।

नगद लाभांश भएको भए उनीहरुले रकम नै प्राप्त गर्ने थिए । तर बोनस भएको कारणले कित्ता थपिने मात्र काम भएको छ । त्यसैले पनि बारम्बार संस्थापक सेयर बिक्रीको सूचना आउँदा पनि सेयर बिक्री हुँदैन ।

यो समाचार शेयर गर्नुहोस्
710SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?