काठमाण्डौ। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि खुला भएको छ । कम्पनीको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै आजदेखि दोस्रो बजार कारोबार सुरु हुने भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।
यस्तै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।
नेप्सेमा कम्पनीको कुल ७० लाख ८ हजार ५८३.४५ कित्ता सेयर सूचीकृत भएको छ । सूचीकरणसँगै पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १ हजार ५७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।
साविकका साधना लघुवित्त र सबैको लघुवित्त १ः१ अनुपातमा एक आपसमा मर्ज भएका थिए । नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएमपीडीए’ संकेत प्रदान गरेको छ ।

































