National life

राष्ट्र बैंकले ४१ करोड ब्याजमा लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
1.2kShares
राष्ट्र बैंकले ४१ करोड ब्याजमा लगानी गर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती खातामा राख्न चाहेको हो ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले साउन १२ गते साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको सूचना अनुसार कूल ४१ करोड रुपैयाँ मध्ये ३२ करोड ८० लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ६ करोड १५ लाख रुपैयाँ ख वर्गको विकास बैंक र २ करोड ५ लाख रुपैयाँ ग वर्गको फाइनान्स कम्पनीहरुका लागि छुट्याइएको छ । निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले तोकिएको समयभित्र उचित ब्याजदर प्रस्तावसहित आवेदन दिन सक्नेछन् ।

तर, निक्षेप चाहने बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष पूरा गरेको र कूल कर्जाको ५ प्रतिशत भन्दा बढी खराब कर्जा (एनपीएल) नभएको हुनुपर्ने बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?