National life

सबैभन्दा बढी कर तिर्ने ग्लोबल आइएमई बैंक सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
820Shares
सबैभन्दा बढी कर तिर्ने ग्लोबल आइएमई बैंक सम्मानित
ncell

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ।

बैंकले आर्थिक वर्ष २०७८/ ७९ मा ३ अर्ब २० करोड रूपैयाँ कर दाखिला गरेको थियो।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा। प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रूपैयाँ रहेको छ। सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?