National life

सरकारले ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ जेठ २०८१, सोमबार
566Shares
सरकारले ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने
ncell

काठमाण्डौ । नेपाल सरकारले जेठ २२ गते ३०अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो।

यी ट्रेजरी बिलको जेठ २१ गते बोलकबोल हुनेछ।

कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँ, ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?