National life
cg eloctronics

१२ अर्ब २३ करोडको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८१, सोमबार
1.2kShares
१२ अर्ब २३ करोडको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
muktinatha bikash bank

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १८२ दिनका लागि १७ अर्ब २३ करोडको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ।

त्यसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयले ५ अर्बको रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

१८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको र यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुने कार्यालयले उल्लेख गरेको छ। यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । कार्यालयले ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।

everest bank

बोलकबोलमा सोमबार (आज) बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुनुपर्ने छ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?