काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्ता – द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पताल सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।
यसअघि उक्त छुट सुविधा मेदान्ता, गुडगाउँमा मात्र लागू हुँदै आएको थियो। नयाँ समझदारीपछि भने मेदान्ताका थप ६ वटा अस्पताल मेदान्ता नोएडा, मेदान्ता सुपर स्पेशलिटी अस्पताल (लखनउ), जयप्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल (पटना), मेदान्ता सुपर स्पेशलिटी अस्पताल (इन्दौर), मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल (राँची) र मेदान्ता अस्पताल (राँची) तथा ५ वटा मेडिक्लिनिकबाट समेत उक्त छुट सुविधा उपलब्ध हुने भएको छ।
समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन्।
यस समझदारीको निरन्तरतासँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्ता अस्पतालबीचको सम्बन्ध अझ सुदृढ भएको तथा भारतमा उपचारका लागि जाने बैंकका ग्राहकले उपचारका क्रममा थप सहज सेवा प्राप्त गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

































